जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुकम्प

  गाैरीशंकर टाइम्स संवाददाता  114 पटक हेरिएको

काठमाडौं । जाजरकोट आसपास केन्द्र बनाएर गएको भुकम्पमा परि जाजरकोट र पश्चिम रुकुममा ठुलो धनजनको क्षति भएको छ । शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभर महसुश भएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । भुकम्पबाट कर्णाली प्रदेशका जाजरकोट र पश्चिम रुकुममा गरि १ सय ३१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पुष्टि गरेको छ ।

त्यसैगरी, भुकम्प मध्यराति गएको हुदाँ ठुलै जनधनको क्षति र हजारौं घाइते अवस्थामा रहेको प्रशासन क्षेत्रले जनाएको छ । भूकम्पले घरहरुमा क्षति पुगेको जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए । उनका अनुसार खलंगामा भएका पुरानो घरहरू भत्किएको र मानिसको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली लागिरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार