भूकम्पबाट नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

  गाैरीशंकर टाइम्स संवाददाता  130 पटक हेरिएको

काडमाडौं । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरीत सिंहको मृत्यु भएको छ । नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पबाट मृत्यु भएको हो ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार जाजरकोटको सदरमुकाम खलंगामा घरमा रहेकी सिंह राती ११ः४७ मा गएको भूकम्पबाट भत्केको संरचनामा परेर मृत्यु भएको बताए ।

त्यसैगरी, सिंह गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार