भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु, थप विवरण आउँदै

  गाैरीशंकर टाइम्स संवाददाता  79 पटक हेरिएको

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १२८ जना पुगेको छ । भुकम्पबाट जाजरकोटमा ९२ र रुकुमपश्चिममा ३६ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको जनाएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन् ।

रुकुम पश्चिममा सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिकालगायतका ठाउँमा मृतकको संख्या बढी छ । घाइतेहरुको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

कतिपय ठाउँ सञ्चार सम्पर्क विच्छेद भएको, सडक भत्किएका कारण जान नसकिएको तथा दुर्गम र भौगोलिकरूपमा विकटताका कारण सुरक्षाकर्मी समयमा पुग्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको सम्बन्धित जिल्लाका अधिकारीले बताए । मानवीय तथा भौतिक क्षतिको संकलन भइरहेको हुदाँ मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

यसैबीच, प्रधानमन्त्री प्रचण्ड शनिबार बिहानै स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार