दोलखाबाट जाजरकोट भुकम्प पीडितलाई २० लाख सहयोग

  गाैरीशंकर टाइम्स संवाददाता  194 पटक हेरिएको

दोलखा । जिल्लाका स्थानीय तहले जाजरकोट भूकम्प पीडितहरुकालागि २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सदरमुकाम चरिकोटमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको संयुक्त बैठकले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा पुगेका धनजनको क्षेतिप्रति दुःख व्यक्त गर्दै सवै स्थानीय तहको तर्फवाट रकम संलकन गरी सहयोग गर्ने निर्णय भएको जिल्ला समन्वय समितिको सभापति बजुराम घतानीले जानकारी दिए । उहाँका अनुसार सो रकम भूकम्प प्रभावित जिल्लाको बिपद् व्यवस्थापन कोषको खातामा जम्मा गरिने बताए ।

जाजरकोटका भूकम्प पीडितकालागि जिल्लाको भीमेश्वर र जिरी नगरले ३ लाखका दरले ६ लाख र सात वटा पालिकाले २ लाखका दरले १४ लाख रुपैयाँ सहयोग पठाउने भएका छन् ।

त्यसैगरी, शुक्रबारराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । हालसम्म भुकम्पमा परी रुकुमपश्चिम र जाजरकोटमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ५७ पुगेको छ । भुकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३र३ जना गरी १६६ जना घाइते भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार