काठमाडौं । सोमबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर पुन ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सोमबार दिउँसो ४ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।
गत शुक्रबार मध्यराति सो ठाउँमा ६.८ म्याग्नीच्युडको भूकम्पले १ सय ५७ जनाको मृत्यु र साढे तीन सय घाइते भएका छन् ।
आज पनि सोही ठाउँलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि सर्वसाधारण त्रसित बनेका छन् । भूकम्पले देशभर कम्पन दिएको थियो ।