दोलखा । चरिकोटमा दोलखा फुटबल संघद्वारा आयोजित बागमती प्रदेशस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबारदेखि प्रथम बागमती प्रदेशस्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो ।
खेल भीमेश्वर रङ्गशालास्थित चरिकोटको टुँडिखेलमा सुरु भएको छ । प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, ललितपुर, काभ्रे गरी सात जिल्लाका १२ टिमको सहभागी रहेका छन् ।
प्रतियोगितामा प्रथम टिमले २ लाख ५० हजार नगद, मेडल, ट्रफि र प्रमाण पत्र‚ द्धितिय हुने टिमले १ लाख २५ हजार नगद मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कौरव पाण्डेले जानकारी दिए । खेल कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।