काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल त्यस तर्फ जान लागेका हुन् ।
गत शुक्रबार मध्यराति रामीडाँडा केन्द्रविन्दु भएर ६।८ म्याग्नीच्युडको भूकम्प गएको थियोे । भूकम्पले १ सय ५७ जनाको मृत्यु र ३५० भन्दा बढी घाइते भएका छन् । राष्ट्रपति भुकम्प प्रभावित क्षेत्रमा नागरिकको अवस्था बुझ्न जान लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानू उपयुक्त नभएकोले राष्ट्रपति पौडेलले सोमबार २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।