दोलखामा बोलेरो दुर्घटना हुदा एक जनाको मृत्यु, १२ जना घाइते

  गौरीशंकर टाइम्स सम्बाददाता  227 पटक हेरिएको

दोलखा । कालिञ्चोकबाट फर्कदै गरेको बोलेरो देउरालीमा दुर्घटना भएको छ । कालिञ्चोकबाट चरिकोटतर्फ आउँदै गरेको बा २१ च ८२७८ नम्बरको बोलेरो देउरालीमा दिउँसो ४ बजेतिर दुर्घटना भएको हो ।

शुक्रबार दिउँसो भएको बोलेरो दुर्घटनामा परी मेलुङ गाउँपालिका ७ का २५ वर्षीय सुजन मगरको मृत्यु भएको छ । सो दुर्घटनामा १२ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरुको पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा उपचार भइरहेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक खड्काले जानकारी बताए । डिएसपी खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार