काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई परीक्षाका लागि आवेदन फारम खुलाएको छ । बोर्डले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम खुलाएको हो ।
कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सुचना जारी गर्दै मंसिर मसान्तभित्र आबेदन भरिसक्नु भनिएको छ । उक्त सूचनालाई आधार मानी सम्बन्धित विद्यालयले विद्यार्थीलाई फाराम भराउन बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्ने बोर्डको सूचनामा उल्लेख रहेको छ ।