बागमतीको प्रथम उपाधि एक्टिभ ब्वाईज क्लव खरिढुंगालाई

  गाैरीशंकर टाइम्स संवाददाता  110 पटक हेरिएको

दोलखा । प्रथम बागमती प्रदेशस्तरीय खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि खरिढुंगा एक्टिभ ब्वाईज क्लवले हात पारेका छन् । एक्टीभ ब्वाईजले लालीगुराँस युवा क्लव चरिकोटलाई २–१ गोलको अन्तरले हराउदै प्रथम उपाधि जितेका हुन् ।

बागमती प्रदेशका क्लवस्तरीय प्रतियोगितामा एक्टीभ ब्वाईज क्लवले प्रथम पुरस्कार दुई लाख पचास हजार र दोस्रो स्थानका लालीगुराँस युवा क्लवले एक लाख पच्चीस हजार नगदसहित प्रमाणपत्र शिल्ड हात पारेका छन् । कात्तिक २० गते सोमबारदेखि सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो। प्रतियोगिता समापन समारोह दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेको अध्यक्षतामा र बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा उपाधी हासिल गरेका खेलाडीहरुलाई भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरलगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएका थिए । प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, ललितपुर, काभ्रे गरी सात जिल्लाका १२ टिमको सहभागी रहेका थिए ।

जिल्ला फुटबल संघ दोलखाको आयोजना भएको खेल भीमेश्वर रङ्गशालास्थित चरिकोटमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार