आज यमपञ्चकको तेस्रो दिन, गाई तिहार मनाउदैं

  गाैरीशंकर टाइम्स संवाददाता  40 पटक हेरिएको

काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन गाईपूजा गरि गाई तिहार मनाउदैछ । हिन्दूहरुले परापूर्वकालदेखि नै गाईलाई पवित्र मानेर पूजाआजा गर्दै आएका छन् ।

कात्तिक कृष्ण औंसीको दिन गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर, आँगन लिपपोत गर्ने, गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठामा पवित्र तुल्याउने चलन छ । गाईलाई पशुधनका रुपमा पनि लिइन्छ । गाईलाई माताको रुपमा पनि लिइन्छ । गाईको दूध मानव स्वास्थ्यका लागि निकै लाभदायक प्रमाणित भएको छ । त्यसकारण आजको दिनलाई गाई तिहार पनि भनिन्छ ।

हिजो लक्ष्मी पूजाका दिन भैलो खेलिएको थियो । आज बेलुकीबाट द्यौसी खेलिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार