यस वर्ष भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे

  गाैरीशंकर टाइम्स संवाददाता  139 पटक हेरिएको

काठमाडौं । यमपञ्चकको अन्तिम दिन भाइटीकाको उत्तम साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १०:५१ बजे शुभ रहेको जनाएको छ ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ।

तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २९ गते बुधबार भाइटीका लगाएर समापन हुदैछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार