आज सूर्यको पूजा गरी छठ पर्व मनाइँदै

  गौरीशंकर टाइम्स सम्बाददाता  99 पटक हेरिएको

काठमाडौँ । आज देशभर सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइदै छ । साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

त्यसैगरी, सरकारले छठपर्वको शुभकामना दिदै आज सार्वजनिक विदा समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार