दोलखा सुन प्रकरणः ९ जना थुना, तीन जना धरौटी र अन्यलाई तारेखमा छाड्न अदालतको आदेश

  गौरीशंकर टाइम्स सम्बाददाता  188 पटक हेरिएको

दोलखा । उत्तरी नाका लप्ची हुँदै अवैध रुपमा सुन तस्करी प्रकरणमा अदालतले ९ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले सुन तस्करी प्रकरणमा संलग्न रहेकाहरुलाई पूर्पक्ष, धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

अदालतमा शुक्रवार बसेको न्यायधिश श्रेष्ठको एकल इजलासले तीन जनालाई धरौटी र तीन जनालाई सामान्य तारेखमा रिहा गर्न आदेश दिएको छ ।

अदालतले सुन तस्करीका मुख्य नाईके चिनियाँ नागरिक दावा भनिने आकार लामा, टासि भनिने गेङ रोउ र नुर्वु छिरिङ शेर्पा सहित पेम्बा तमाङ, च्याङवा भनिने चस्मान तमाङ, सनद प्रधान, लाल बहादुर तमाङ, केशर तमाङ र माधव कुमार मगरलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालतमा भएको थुनछेक बहसमा तिलक विक, दिपेन्द्रराज शाक्य र महिमा माझिलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । महिमा माझिलाई १ करोड ७९ लाख ४० हजार, दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र तिलक विकलाई ८८ लाख धरौटीमा छाड्न आदेश भएको हो ।

धरौटीमा छाड्न आदेश भएकामध्ये महिमा माझि क्रिप्टोकरेन्सी कारोवारमा संलग्न थिइन् भने विक र शाक्य तस्करी गरिएको सुन खरिद गर्ने व्यक्ति हुन् । उनीहरु पनि धरौटी रकम बुझाउ नसकेपछि थुनामा गएका छन् ।

त्यसैगरी, अदालतको आदेश अनुसार १२ जना थुनामा गएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार