दोलखामा अध्यक्ष ओली आउदै, तयारी के के छ त ?

  गाैरीशंकर टाइम्स संवाददाता  245 पटक हेरिएको

दोलखा । नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज दोलखा आइपुग्ने छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ आज दिउसो १ बजे सदरमुकाम चरिकोट आइपुग्ने छ ।

एमाले अध्यक्ष ओली सहितको टोली सोमवार विहान धुलिखेलबाट सिन्धुपल्चोक हुँदै दोलखा आईपुग्ने कार्यक्रम रहेको छ । ओलीसहितका शिर्षस्थ नेताहरु जिल्ला आउने भएपछि एमाले दोलखाले भव्य स्वागतसहित जिल्लाको विकासले एजेण्डा उठाउने तयारी गरेको छ । पार्टी अध्यक्ष नरबहादुर श्रेष्ठले यो यात्रा मार्फत जिल्लाको पूर्वाधार विकास, कृषि, पर्यटन, जलविद्युत लगायत आर्थिक, सामाजिक र साँस्कृतिक एजेण्डा उठाईने जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार चीनसँग जोडिएको लामाबगर–फलाक नाका, उत्तरदक्षिण लोकमार्ग, फिल्मसिटी, ओरियन्ट म्याग्नेसाईट, विमानस्थल, तामाकोशी तेस्रो लगायतका योजनाबारे उच्च प्राथमिकताका साथ ध्यानाकर्षण गराईने योजना बनाएको छ । यात्राको नामै समृद्धिका लागि संकल्प यात्रा भएकोले दोलखा जिल्लाको समृद्धिसँग जोडिएका महत्वपूर्ण एजेण्डा उठाउने । सदरमुकाम चरिकोटस्थित सातदोवाटोमा आयोजित जनसभाको अबसरमा उक्त विषयहरु अध्यक्ष ओलीलाई ध्यानाकर्षणसहित हस्तान्तरण गर्ने एमाले दोलखाले जनाएको छ ।

सदरमुकाम चरिकोट बजारमा सांस्कृतिक झाँकी सहित ओलीसहितको यात्रा टोलीलाई भव्य स्वागतको तयारी गरिएको एमाले नेताहरुले जानकारी दिएका छन् । चरिकोट बजारको बिभिन्न स्थानबाट निस्किने र्याली सातदोबबाटोमा जनसभामा परिणत हुनेछ ।

त्यसैगरी, दोलखाको सभालाई सम्बोधन गरेपछि नेताहरु मेलुङ गाउँपालिकाको सितलीमा किसानसँगको भेटघाटमा सहभागि हुनेछन् । त्यसपछि रामेछापको मन्थली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार