दोलखामा एमाले अध्यक्ष ओलीसहित संकल्प यात्राको टोली, फोटो फिचरसहित

  गाैरीशंकर टाइम्स संवाददाता  238 पटक हेरिएको

दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्षस्थ नेताहरु दोलखा पुगेको छ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ कार्यक्रम अन्र्तगत अध्यक्ष ओलीसहित एमालेका शिर्षस्थ नेताहरु दोलखा पुगेका हुन् ।

अध्यक्ष ओलीको साथमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्ठलक्ष्मी शाक्य, विष्णु पौडेल, पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ लगायतका केन्द्रीय स्तरका नेताहरुको सहभागिता रहेको थियो । एमाले अध्यक्ष ओलीसहितका केन्द्रिय नेताहरु आज काभ्रेपलाञ्चोक हुँदै दोलखा आएका हुन् ।

अध्यक्ष ओली खरिढुंगामा खाना खाई चर्नावतीमा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको थियो । सो भेटघाटपछि भिमेश्वर नगरपालिका वडा नम्बर ६ ले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाई सदरमुकाम चरिकोट आईपुग्नुभएको हो । अध्यक्ष ओलीलाई सदरमुकाम चरिकोटमा पार्टीका नेता तथा कार्यकर्ताले बिभिन्न स्थानिय साँस्कृतिक झाँकी, बाजागाज र नराजुलुससहित स्वागत गरेका थिए । त्यसपश्चात ओली चरिकोटस्थित सातदोबाटोमा आयोजित जनसभामा सहभागी हुनुभएको थियो ।

उहाँ दिउँसो १ बजे दोलखा सदरमुकाम चरिकोट आइपुग्ने कार्यतालिका रहेपनि बेलुकी ५ बजे मात्र आईपुग्नुभएको थियो । उहाँको प्रतिक्षामा जिल्लाका एमाले नेता तथा कार्यकता र समर्थकहरु विहानैदेखि स्वागत गर्नका लागि तयारी अवस्थामा रहेको थियो ।

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीद्धारा बैतडीको झुलाघाडबाट राष्ट्रिय झण्डोत्तोलन गर्दै ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धीका लागि संकल्प यात्रा शुभारम्भ गर्नुभएको थियो । ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ गत मंसिर १३ गते बुधबारदेखि शुरु भएको यात्रा आज दोलखा सदरमुकाम चरिकोट पुगेको हो ।

त्यसैगरी, अध्यक्ष ओलीसहितका टोली आजै बेलुका रामेछापको सदरमुकाम मन्थली पुग्ने कार्यतालिका रहेको एमाले नेता एवं पोलिटव्युरो सदस्य पार्वत गुरुङले जानकारी दिनुभयो । नेता गुरुङका अनुसार एमालेले मध्यपहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करीब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गरिने बताउनु भयो ।

फोटो फिचर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार