रैथाने बाली कोदो संरक्षणका लागि बृहत् प्रदर्शनी हुदै

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले संयुक्त रूपमा कोदोको बृहत प्रदर्शनी गरिने

  गाैरीशंकर टाइम्स संवाददाता  296 पटक हेरिएको

काठमाडौ । नेपालमा लोप हुदै गएको रैथाने बाली संरक्षण गर्न कोदोजन्य बालीको बृहत प्रर्दशनी हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले संयुक्त रूपमा कोदोको बृहत प्रदर्शनी गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ को सन्दर्भमा आगामी पुस २ गते बृहत् कोदोजन्य बालीसम्बन्धी प्रदर्शनी हुन लागेको छ । प्रदर्शनीमा कोदोजन्य बालीका बिउ, जात, ज्ञान, प्रविधि, सिप, परिकार, यन्त्र उपकरण आदिको प्रदर्शन हुनेछ ।

एफएओले बृहत प्रर्दशनीमा सहभागी हुन इच्छुक कृषक समूह तथा सहकारी, संघ संस्था, कम्पनीलाई आफूले प्रदर्शन गर्न चाहेको क्षेत्रको संक्षिप्त विवरणसहित सम्पर्क गर्न एफएओ नेपालले सूचना नै जारी गरी आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुसार नेपालले गत वर्षको पुस १७ गते सो कार्यक्रमको शुभारम्भ गरेको थियो । खाद्य पोषण सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणको कोदोजन्य बाली’ मूल नाराका साथ नेपालमा वर्षभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सरकारी निकाय तथा विभिन्न संघ संस्थाको सहकार्यमा वर्षभरि विभिन्न कार्यक्रम गरी कोदोजन्य वर्ष मनाएको हो । कोदोजन्य वर्षको अन्तिममा यो प्रदर्शनी गर्न लागिएको हो ।

त्यसैगरी, नेपाल कृषि प्रधान देश भएतापनि पछिल्लो समयमा ग्रामीण क्षेत्र लगायत विभिन्न भागमा कोदोको खेतिपाती हराउदै गएको छ । यस सन्दर्भमा रैथाने बाली कोदो लगायत विभिन्न अन्नबालीलाई संरक्षण गर्नका लागि अन्र्तराष्ट्रिय कोदोजन्य बालीको प्रर्दशनी गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार