अपर तामाकोसीको हकप्रद सेयर बाँडफाँड

  गौरीशंकर टाइम्स सम्वाददाता  208 पटक हेरिएको

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड कार्य सम्पन्न भएको छ । तामाकोसीले विहीबार ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद सेयरको बाँडफाँड कार्य सम्पन्न गरिएको हो ।

नागरिक लगानी कोषको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्कासन तथा बिक्री प्रबन्धकत्वमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको एक बराबर एक शेयर अर्थत १ः१ का दरले प्रति कित्ता १०० रुपैयाँ अंकित दरको १०,५९,००,००० कित्ता हकप्रद साधारण शेयर शेयरधनीलाई बिक्री खुल्ला गरीएको थियो ।

कूल ६ लाख ४३ हजार २९३ जना कायम साधारण सेयर धनीबाट ५, १८, ९१, ००० कित्ता शेयर मध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३,३५,२३० जना सेयर धनीहरूबाट जम्मा ३,४८,९७,३९६.३४ कित्ता शेयरका लागि दरखास्त प्राप्त भएकोमा १,२२२ जना सेयर धनीहरूले जम्मा २५,९२६.३४ कित्ता हकप्रद शेयरको लागि बढी माग गरेका थिए । उक्त २५,९२६.३४ कित्ता शेयर बाँडफाँडमा समावेश नगर्ने गरी कायम सेयर धनीहरूलाई हक अनुसार ३,४८,७१,४७० कित्ता हकप्रद शेयर निष्कासन कम्पनीको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्कासन कम्पनी, निष्कासन तथा विक्री प्रबन्धकहरूको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको थियो ।

त्यसैगरी, तामाकोसीले गत भदौ १८ गतेदेखि संकलन गरेको हकप्रद सेयरको आवेदन असोज २२ गते बन्द गरेको थियो । कम्पनीले हकप्रद सेयर निष्काशनबाट संकलित रकम ऋण चुक्ता गर्ने र केही रकम २२ मेघावटको रोल्वालिङ हाइड्रोमा लगानी गर्ने जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार