गौरीशंकर गाउँपालिकामा विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  गौरीशंकर टाइम्स सम्वाददाता  155 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिकामा पाँचौ विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा पाँचौ विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गौरीशंकर २, स्थित निलकण्ठेश्वर मावि जुगुँमा बिहिबारदेखि सुरु भएको हो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगितामा पालिकाभरका विभिन्न ६ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी लगायत समूह खेल तथा एथलेटिक्स तर्फ विभिन्न दुरीका दौड, लङ्ग जम्प, हाइजम्प, ज्याभलिन थ्रो, सटपुट लगायतका खेलहरु सञ्चालन हुनेछन् ।

गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको खेल संघीय सभाका सदस्य गङ्गा कार्की विश्वको प्रमुख अतिथ्यतामा भएको हो । उद्घाटन समारोहमा बागमती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी , शैलुङ गाउँपालिका अध्यक्ष रिमाल बाबु श्रेष्ठ, अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय सचिवालय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज पुष्कर कुमार अधिकारी लगायत पालिका भरका जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो । उद्धघाटन कार्यक्रममा झाँकी र्यालीसहित विभिन्न साँस्कृतिक कार्यक्रम भएको थियो ।

त्यसैगरी, निलकण्ठेश्वर माध्यामीक विद्यालय जुगुँमा भएको प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजकले जनाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हरेक वर्ष पालिकाले आयोजना सम्पन्न गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार