आयल निगमले पेट्रोल र डिजेलको मुल्य घटायो, एलपी ग्याँस यथावत

  गौरीशंकर टाइम्स सम्वाददाता  241 पटक हेरिएको

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाले घटाएको छ । निगमले शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत, दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६, डिजेलको मूल्य १५६ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा, दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

मूल्य सूची

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार