अप्पर तामाकोसीले हकप्रदपछिका बाँकी सेयर लिलामबाट बिक्री गर्दै

  गाैरीशंकर टाइम्स संवाददाता  216 पटक हेरिएको

काठमाडौं । अप्पर तामाकोसी हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रदबाट बिक्री नभएको सेयर लिलाम गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारण समूहतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामबाट बिक्री गर्न लागेको हो ।

तामाकोसीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्काशन गरेको शतप्रतिश अर्थत १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता बिक्री खुल्ला गरेको थियो । कम्पनीले सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेका थिए । सहबिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार संस्थापक समुहको लागि ५ करोड ४० लाख ९ हजार कित्ता सेयर निष्कासन गरिएकोमा संस्थापक समूहबाट पुरै सेयर बिक्री भएको जनाएको छ ।

सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्कासन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता सेयर बाँडफाँट गरिएको छ । संस्थापक समूहतर्फ भने पुरै सेयर हकप्रदमा बिक्री भएकोले लिलामीमा आउने छैन । सेयर लगानीबाट कुनै प्रतिफल नआएपछि सर्वसाधरणमा उत्साह नदेखिँदा धेरै हकप्रद सेयर बिक्री भएको थिएन ।

अप्पर तामाकोसीले हकप्रदमा नबिकेको सेयरलाई लिलामीमार्फत बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वानको तयारी गरेको छ । कम्पनीले निष्कासन गरेको हकप्रद सेयर बाँडफाँट भैसकेको छ । कम्पनीका अनुसार सेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवाव्याज चुक्ता गर्न, २२ मेगावाटको रोल्वालिङ खोला र ९९ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको निर्माणमा खर्च गरिने जनाईएको छ ।

त्यसैगरी, अप्पर तामाकोसीले सेयर लिलामका लागि तयारी गरेतापनि समय भने तोकिएको छैना । कम्पनीले सेयर लिलाम बिक्री गर्न सार्बजनिक सुचनानै जारी गरी सिलबन्दी बोलपत्र आह्वान गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार