गौरीशंकरको पाँचौ राष्ट्रपति रनिङ शिल्डको बिजेता निलकण्ठेश्वर मावि

  गाैरीशंकर टाइम्स संवाददाता  166 पटक हेरिएको

दोलखा । गौरीशंकर गाउँपालिकामा अन्तर विद्यालयस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि निलकण्ठेश्वर माध्यामिक विद्यालय जुँगुले जितेको छ । गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि निलकण्ठेश्वर मावि जुँगुले विभिन्न बिधामा भएको प्रतियोगिताबाट १४ स्वर्ण, ५ रजत र ६ काँस्य सहित २५ पदक प्राप्त गरी उपाधि जितेको हो ।

प्रतियोगिताको बिजेता बनेसँगै निलकण्ठेश्वरले  नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो स्थान हलेश्वर मावि सुरीले ४ स्वर्ण, ५ रजत र ८ काँस्य सहित १७ पदक जितेको छ । हलेश्वर माविले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, हिमवर्ती मावि मार्बुले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा हिमवर्तीले ४ स्वर्ण, ५ रजत, ४ काँस्य सहित १३ पदकसहित नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । गाउँपालिकाको वडा नम्बर २ जुँगुका वडाअध्यक्ष रोहित बुढाथोकीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि पालिका अध्यक्ष विश्वास कार्कीले खेलका बिजेतालाई बधाई दिदै पुरस्कार वितरण गरेका थिए ।

गौरीशंकर गाउँपालिकाको आयोजना र निलकण्ठेश्वर माविको व्यवस्थापनमा बिहीवारदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा छात्र भलिवल तथा छात्रा भलिवल, हाइजम्प, लङजम्प लगायतका खेलहरु भएका थिए । खेलमा खारे मावि, हिमवर्ती मावि, भुमे गुम्बा मावी चंखु, हलेश्वर मावि सुरी, मानेडाँडा झयाँकु र निलकण्ठेश्वर मावि जुँगु गरी ६ वटा माविको सहभागिता रहेको थियो ।

विजेता सुची

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार