नेकपा एस दोलखाको अधिवेशन सम्पन्न, अध्यक्षमा भिमप्रसाद दाहाल निर्वाचित

  गाैरीशंकर टाइम्स संवाददाता  287 पटक हेरिएको

दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाको दशौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा मंसिर ३० गते शनिवारदेखि सुरु भएको अधिवेशन आइतवार जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको हो ।

नेकपा एस दोलखाको १०औँ  जिल्ला अधिवेशनवाट भिमप्रसाद दाहाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला कमिटीको उपाध्यक्षमा अशोक कुमार दहाल र संगिता पाख्रीन सचिब मोहन थापा, उपसचिवमा प्रकाश कुमार केसि, बैकुण्ठ भन्डारी, तामप्रसाद आपागाईलाई निर्वाचित गरेको हो । साथै जिल्ला कमिटीमा ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

जिल्ला अधिवेशनको उद्घाटन समारोह नेकपा एस दोलखाका संयोजक भीमप्रसाद दहालको अध्यक्षता र पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख अतिथ्यतामा भएको थियो । उद्घाटन समारोहमा उपमहासचिव एवं वागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर, वागमती प्रदेशका अध्यक्ष सावित्रा भुषाल, केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, पोलिट्व्युरो सदस्य शिवप्रसाद भण्डारी, केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने, महेन्द्र बहादुर कार्की, लगायतका नेताहरु, प्रतिनिधि सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, कांग्रेस नेता एवं बागमती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्ले लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेकपा एस दोलखाको जिल्ला अधिवेशन सुरु हुनु अघि सदरमुकाम चरिकोटमा र्‍याली गरिएको थियो । जिल्ला पार्टी कार्यालयवाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी सिमपानी हलमा पुगेर सभामा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार