शिक्षामा त्रिविको फड्को, ७३ हजार विद्यार्थी दीक्षित गरी वल्ड रेकर्ड कायम

  गाैरीशंकर टाइम्स संवाददाता  229 पटक हेरिएको

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता र राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख अथित्यतामा त्रिविले ४९औ दीक्षान्त समारोह सम्पन्न गरेको हो ।

त्रिविले प्रत्येक वर्ष दीक्षान्त समारोहमा आंगीक तथा त्रिविबाट उतिर्ण विद्यार्थीलाई दीक्षित गरिदै आएको छ । यस वर्ष त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्नातक, स्नातकोत्तर, विद्यावारिधी तह उतिर्ण गरेका विद्यार्थीलाई दीक्षित गरेको हो । दीक्षान्त समारोहमा सहभागी रहेका उत्कृष्ट विद्यार्थीलाई राष्ट्रपति र प्रधानमन्त्रीले सम्मानपत्र प्रदान गरेका थिए ।

त्रिविले पास भएका ७३ हजार सात सय ४९ जना विद्यार्थी दीक्षित हुन योग्य थिए । तर यस वर्ष १२ हजार चार सय १५ जनाले दीक्षित हुन फारम भरेको त्रिवि प्रशासनले जनाएको छ । त्रिविले एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर विश्व रेकर्ड कायम गरेको छ । त्रिविको २०१६ सालमा स्थापना भएको शैक्षिक इतिहासमा यो पहिलो रेकर्ड हो ।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डा. शिवलाल भुषाललाई  ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ ले वर्ल्ड रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ । त्रिविले २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको उपकुलपति प्रा.डा.शिवलाल भुसालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार