मन्त्री किराती आफ्नै अभिव्यक्तिले विवादमा तानिए

  गौरीशंकर टाइम्स सम्वाददाता  56 पटक हेरिएको

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिनुभएको छ । मन्त्री किरातीले कार्यक्रममा धर्म र राजनीतिलाई जोडेर अभिव्यक्ति दिएपछि विवादमा तानिएका हुन ।

बुधबार राजधानीमा आयोजित क्रिसमस फेस्टिभल कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नआउने भएपछि मन्त्री किराती पुगेका थिए । उनले कार्यक्रमलाई सम्वोधन गर्दैगर्दा क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाएर जेलमा हाल्ने भन्दै अभिव्यत्ति दिएका थिए । उनले संविधानको धर्मनिरपेक्षतालाई व्याख्या गर्दै राज्य सबै संस्कृतिहरुको अभिभावक भएकाले कोही त्रासमा नबाँच्न आह्वानसमेत गरेको थिए ।

उहाँको अभिव्यक्तिलाई लिएर अहिले राजनीतिक बृत र सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर संसदीय समितिमा समेत आलोचना भएको छ । अन्र्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले मन्त्री किरातीले द्धन्द्ध मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार