दोलखाबाट कांग्रेसले राष्ट्रियसभा निर्वाचनको उम्मेद्धारमा लामा र कोइरालालाई सिफारिस

  गौरीशंकर टाइम्स सम्वाददाता  168 पटक हेरिएको

दोलखा । नेपाली कांग्रेस दोलखाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेद्धार सिफारिस गरी केन्द्रमा पठाएको छ । आगामी माघ ११ गते सम्पन्न हुने निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले जिपछिरीङ लामा र ताराबहादुर कोइरालाको नाम सिफारिस गरि केन्द्रमा पठाएको हो ।

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस दोलखाले प्रतिनीधित्व हुनेगरी केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वसांसद लामा र पूर्वजिल्ला सभापति कोइरालाको नाम जिल्लाबाट सर्वसम्मत मनोनयन गरी केन्द्रीय कार्यसमितिमा पठाएको सभापति बर्मा लामाले बताए । सभापति लामाका अनुसार प्रतिनीधिसभा निर्वाचन २०७९ मा गठबन्धनबाट माओवादीले प्रतिनीधित्व गरेको हुदाँ राष्ट्रियसभामा सहभागिताको लागि लामा र कोइरालाको नाम सिफारिस गरी पठाएको बताए । कांग्रेसले पौष ८ गते बसेको बैठकले लामा र कोइरालालाई उम्मेद्धारको टुंगो लागाई केन्द्रमा सिफारिस गरेको हो ।

त्यसैगरी, राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस जिपछिरीङ लामा प्रतिनीधिसभा २०७४ को समानुपातिक कोटाबाट सांसद बनेका थिए । अर्का सिफारिस उम्मेद्धार ताराबहादुर कोइराला पूर्व जिल्ला पार्टी सभापति हुन् । माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन आगामी आगामी पाँच वर्षको लागि माघ ११ गते हुदैछ । आयोगले निर्वाचनको लागि आयोगले दल दर्ता गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार