एमाले बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा पुनः ठकुरी निर्वाचित

  गौरीशंकर टाइम्स सम्वाददाता  168 पटक हेरिएको

काठमाडौं । नेकपा (एमाले) वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अशोक कुमार ठकुरीको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश सम्पर्क कमिटी निर्वाचित गर्दै सम्पन्न भएको हो ।

नवनिर्वाचित प्रदेश कमिटीको उपाध्यक्षमा सरोज मोहन लामा(दोलखा), सचिवमा धनबहादुर पुलामी मगर, उपसचिवमा अमृत कुमार खड्का(दोलखा), महिला उपसचिवमा सरिता जिरेल(दोलखा), निर्वाचित भएका छन् । अधिवेशनबाट सम्पर्क कमिटीको लेखा समितिका अध्यक्षमा जगदिश अधिकारी निर्वाचित भएको छ । सम्पर्क कमिटीको अध्यक्षमा ठकुरी पुनः दोस्रो कार्यकालको लागि निर्वाचित भएको हो ।

प्रदेश कमिटीको पदाधिकारीमा सर्वसम्मत गराउन पहल गरेता पनि सहमति नभएपछि निर्वाचन गराउन परेको प्रमुख निर्वाचन अधिकृत रमेश कुमार रोकाले जानकारी दिनुभयो । निर्वाचन अधिकृत रोकाका अनुसार कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव, लेखा कमिटी र समावेशी क्षेत्र अन्र्तगत आदिवासी जनजाती सदस्य पदमा निर्वाचन भएको बताए ।

त्यसैगरी, प्रदेश अधिवेशनमा वागमतीबाट दश वटा जिल्लाहरु सहभागी भएका थिए । प्रदेश अन्र्तगत काठमाडौं, भक्तपुर र ललितपुर उपत्यका भएका हुदाँ छुट्टै उपत्यका समन्वयन कमिटी रहेको छ । प्रदेश सम्पर्क कमिटीको अधिवेशन पौष ७ र ८ गते केन्द्रीय कार्यलय ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार