गुटशट स्नुकरको तेस्रो सिजन च्याम्पियनसिप सम्पन्न

  गौरीशंकर टाइम्स सम्वाददाता  1139 पटक हेरिएको

काठमाडौं । गुटशट स्नुकर एण्ड रेष्टुरेन्टद्धारा आयोजित गुटशट स्नुकर तेस्रो सिजनको टुर्नामेन्ट खेल सम्पन्न भएको छ । स्नुकर टुर्नामेन्ट गुटशट स्नुकर एण्ड रेष्टुरेन्टको खेल स्टेशनमा आइतवारदेखि सञ्चालन भएको खेल मंगलबार सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा दोर्जी शेर्पाले प्रथम, अजय तामाङ द्वितीय र पेम्बा शेर्पा तृतीय हुनुभयो । खेलको बिजेताहरुले नगद पुरस्कारसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । खेलमा उत्साहजनक खेलाडीहरुको सहभागिता रहेको थियो । काठमाडौंको कपनस्थित गुटशट स्नुकर एण्ड रेष्टुरेन्टद्धारा स्नुकर टुर्नामेन्ट तेस्रो च्याम्पियनसिप आयोजना गरिएको थियो ।

त्यस्तै स्नुकर टुर्नामेन्टमा ३० जना खेलाडीहरु सहभागिता रहेको आयोजक लाक्पाडेण्डी शेपाले जानकारी दिनुभयो । आयोजक शेर्पाका अनुसार स्नुकर खेल क्रिसमस र नयाँ वर्षको अवसरमा टुर्नामेन्ट आयोजना गरेको बताउनु भयो । इन्डोर गेमतर्फ विश्वव्यापीरुपमा ख्याती आर्जन गरेको स्नुकरप्रति युवा खेलाडीको अभिरुची बढेको कारणले प्रतियोगिताको आकर्षण बढ्दै गएको समेत उहाँले बताउनुभयो ।

स्नुकर टुर्नामेन्टमा उत्साहपुर्ण खेलाडीहरुको सहभागिता रहेका थियो । आयोजक शेर्पाका अनुसार यो गुटशट स्नुकरको तेस्रो टुर्नामेन्ट भएको र आगामी दिनमा खेललाई निरन्तरता दिने समेत बताउनु भयो । यस गुटशट स्नुकर हिमाल आरोहि तथा पर्यटन व्यावसायी शेर्पाले केहि वर्ष अघिदेखि व्यवसायिक रुपमा सञ्चालन गरिदै आएको छ । उनले स्नुकर प्ले जोनमा खेलसंगै ब्यवस्थित रुपमा होटल पनि सञ्चालन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार