दोलखामा माओवादीका भातृसंगठन वाइसियल नेपालको भेला सम्पन्न

  गौरीशंकर टाइम्स सम्वाददाता  217 पटक हेरिएको

दोलखा । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपालको जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा आज सम्पन्न जिल्ला भेलाले वाइसियल नेपालको संयोजकमा विनोद लामा र सचिवमा दिपेन्द्र बुढाथोकीलाई सर्वसम्मत चयन गरेको हो ।

वाइसियल नेपालको जिल्ला भेलाको औपचारिक उद्धघाटन नेकपा माओवादी केन्द्रका युवा नेता एवं वाईसियल ईन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा)ले गरेका थिए । भेला सुरु हुन भन्दा अघि माओवादी केन्द्रका कार्यकर्ताहरुले चरिकोटमा मोटरसाइकल र्याली गरेको थियो । युवा तथा कार्यकर्ताहरुले मोटरसाइकल र्याली चरिकोट बजार परिक्रमा गरी चरिध्याङस्थित कार्यक्रमस्थल एवान पार्टी प्यालेस पुगेका थिए ।

वाइसियल नेपालको जिल्ला संयोजक साङ्गे शेर्पाको अध्यक्षतामा सम्पन्न भेलालाई नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभाका सांसद गंगा कार्की(विश्व), नेतृ देवी खड्का, नेताहरु बिशाल खड्का, नरबहादुर पाख्रिन लगायतले सम्बोधन गरेका थिए ।

त्यसैगरी, वाइसियल नेपालको जिल्ला भेलाले विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सो भेलामा जिल्लाभरिका माओवादी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार