आजदेखि दोलखा महोत्सव सुरु, प्रधानमन्त्री प्रचण्डद्धारा उद्धघाटन

  गौरीशंकर टाइम्स सम्वाददाता  177 पटक हेरिएको

दोलखा । आजदेखि दोलखामा १० दिने बृहत महोत्सव सुरु भएको छ । सदरमुकाम चरिकोटमा सुरुभएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गर्नुभयो ।

महोत्सव उद्घाटन सुरु हुनुअघि सदरमुकाम चरिकोटको सातदोबाटोदेखि झाँकी सहित र्यालीले बजार परिक्रमा गरेर आयोजना स्थल टुडिखेल रंगशाला पुगेको थियो । झाँकी र्याली बजार परिक्रमासँगै टुँडिखेल पुगेपछि महोत्सवको औपचारिक उद्घाटन समारोह सुरु भएको भयो । महोत्सवमा जिल्लाका नेता तथा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको छ । आजदेखि पुस २२ गतेसम्म चल्ने महोत्सवमा कलाकारहरुले सांगितिक प्रस्तुति हुनेछ ।

दोलखाको आर्थिक विकास र पर्यटन प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक उद्योग वाणिज्य संघ दोलखाले जनाएको छ । नयाँ बर्षको अघिल्लो दिन पौस १५ गते दिनभर र मध्यरातसम्म साथै महोत्सव अवधिभर अन्य दिनहरुमा साँझ देखि स्ट्रिट फुड फेस्टिभल हुनेछ । ‘सडकमै खाउँ, सडकमै नाँचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ सो फेस्टिभल भव्य रुपमा मनाउने तयारी भैरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा जिल्लाका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनीका साथै बृत्तचित्र प्रदर्शनी समेत गरिनेछ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती समेत हुनेछ । कलाकारको प्रस्तुतीसँगै दर्शकले भरपूर मनोरञ्जन लिन सक्नेछन् ।

महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री वितरण तथा प्रबद्र्धन गर्ने गरी १ सय ५० वटा स्टलहरु राखिएका छन् । स्टलहरुमा सबै स्थानीय तह, सरकारी निकाय, निजी क्षेत्र, कृषक, बिभिन्न समूह, संघसंस्था, उद्योगी व्यवासायीका उत्पादनका सामाग्री लगायत प्रदर्शनीका लागि राखिएको छ ।

त्यसैगरी, जिल्लाको पर्यटन क्षेत्र, कला संस्कृति, जलस्रोत तथा कृषिक्षेत्रमा आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएका हुन् । महोत्सवको तयारीस्वरुप चरिकोट बजार सजाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार