तमू ल्होसारको निम्तो प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा कोशेली लिदै स्विकार

  गौरीशंकर टाइम्स सम्वाददाता  191 पटक हेरिएको

काठमाडौं । गुरुङ समुदायको साँस्कृतिक पर्व तमू ल्होसारमा प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा निम्तो स्विकार गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले गुरुङ सँस्कार अनुसार लगिएको कोशेली लिनुहुदै ल्होसारको निम्तो स्विकार गर्नुभएको हो ।

तमू ल्होछार(पुस १५) को प्रमुख अतिथिको निम्तो दिनका लागि आयोजक टोली बिहीबार बिहान कोशेलीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी उनीहरुले कोशेलीसहित निम्तो दिएका छन् ।

गुरुङ भेषभूषामा सजिएर पुगेका उनीहरुले प्रधानमन्त्रीका लागि डालोमा रोटी, रक्सी र अचार कोशेली पनि लगेका थिए । यो गुरुङहरुको मौलिक संस्कार हो । ल्होसार मुल आयोजक टोली विहीबार बिहान पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले तमू ल्होछारको अवसरमा टुँडिखेलमा आयोजित समारोहको प्रमुख अतिथिको निम्तो स्वीकार गरेको तमू ल्होछार मूल आयोजक समितिका संयोजक लोकबहादुर गुरुङले जानकारी दिएका छन् । तमू समुदायले विगतका वर्षझै यस वर्ष पनि राजधानीको टुँडिखेलमा विविध कार्यक्रम गरी भव्यताका साथ ल्होसार मनाउने तयारी गरेको छ ।

गुरुङ समुदायले पौष १३ देखि १५ गतेसम्म साँस्कृतिक, खेलकुद, रक्तदान, स्यँकै लगायत विविध कार्यक्रम गरी ल्होसार मनाउने गरिन्छ । यस वर्ष गुरुङ समुदायले हि ल्हो (बिरालो वर्ग) को बिदाइ गरी मुप्री ल्हो (गरुड वर्ग) को स्वागत गर्दै तमु ल्होसार २०८० मनाउन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार