बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी, प्रदर्शनमा दुई युवकको मृत्यु

  गौरीशंकर टाइम्स सम्वाददाता  122 पटक हेरिएको

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । प्रदर्शनमा उत्रिएका युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाई दिएका हुन् ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा सवार मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाई दिएका थिए । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘गाडीमा आगो लगाएको खबर आएपछि प्रहरीको टोली त्यहाँ पुगेको बताए ।

प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले भिडलाई नियन्त्रण खोज्दा दुई तर्फी झडप भएको थियो । झडपमा परी दैलेखका २३ वर्षीय सुजन रावतसँगै अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको छ ।

प्रदर्शनकारीले ३ घन्टासम्म उछृंखल गतिविधि गरेपछि हवाइ फायर गर्नु परेको ललितपुरका एसपी नवराज कार्कीको दाबी छ । ‘सम्झाइबुझाइ गर्‍यौं, पछि हट्न अनुरोध गर्‍यौं’, उनले भने, ‘भिडले मन्त्रीज्यूको गाडीमा पनि आगजनी गर्‍यो, त्यसक्रममा भिडलाई तितरवितर गर्न कारबाही गरेको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार