दोलखामा दशौं जिल्ला अधिवेशनको तयारी गर्दै एमाले

  गौरीशंकर टाइम्स सम्वाददाता  85 पटक हेरिएको

दोलखा । नेकपा एमाले १०औँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । आगामी माघ १९ गतेदेखि २१ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै एमाले तयारीमा जुटेको हो ।

एमालेको नवौं जिल्ला अधिवेशनले निर्वाचित गरेको जिल्ला कार्यसमितिको कार्यकाल विधानतः नसकिएपनि पार्टी केन्द्रको निर्देशन अनुसार दशौं जिल्ला अधिवेशन हुन लागेको छ । अधिवेशन आयोजक समितिका संयोजक नरबहादुर श्रेष्ठले १०औँ जिल्ला अधिवेशन आगामी माघ १९ देखि २१ गतेसम्म तीन दिन सदरमुकाम चरिकोटमा भव्यतापुर्वक सम्पन्न गर्ने निर्णय गरिएको जानकारी दिए । जिल्ला अधिबेशन आयोजक कमिटीको पौष १६ र १७ गते चरिकोटमा बसेको बैठकको निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

बैठकले नर बहादुर श्रेष्ठको संयोजकत्वमा ५ सय १ जना अधिवेशन आयोजक समिति र अन्य उपसमितिहरु गठन गरेको छ । एमालेले हरेक वडालाई एक निर्वाचन क्षेत्र मानेर प्रतिनिधि छनौट गरिने पत्रकार सम्मेलनमा जनाएको छ । जसअनुसार १५ जना पार्टी संगठित सदस्य बरावर १ प्रतिनिधिले जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्ने र जसका लागि ९ देखि १३ गतेसम्म प्रतिनिधि छनौटको कार्यतालिका तय गरिएको छ । अधिवेशनले एमालेको जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार