अप्पर तामाकोसीमा थुनिएका तामाङको सकुशल उद्धार

  किशोर कुमार गुरुङ  224 पटक हेरिएको

दोलखा । माथिल्लो तामाकोसी खोलाको किनारमा थुनिएका ५३ वर्षीय लालमान तामाङलाई सकुशल उद्धार गरिएको छ । विगु गाउँपालिका १, जगतस्थित तामाकोसी नदीमा माछा मार्न गएका तामाङलाई तामाकोसीको बहाव एक्कासी बढेर खोलाको वीचमा थुनेको थियो ।

तामाङ शनिवार विहानै खोलाको बहाव घटेको बखत माछा मार्न गएका थिए । उनी माछा मार्न गए लगत्तै खोलाको बहाव एक्कासी बढेपछि खोलाको वीचैमा थुनिएको थियो । ४५६ मेघावट अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको विद्युतगृहबाट पानी छोडिएको बेलामा तामाङ खोलामा थुनिएका थिए ।

उनी खोलाको बहाव कम भएका बेला बीचभागमा गई माछा मार्न थालेका थिए । विहान माछा मार्ने क्रममा तामाकोसीका ड्याममा थुनिएका पानी छोडिएका बेला तामाङ थुनिन पुगेका हुन् । तामाकोसी नदिको बहाव प्रत्येक दिन बिहान र बेलुकी पख बढ्छ । आयोजनाले यसअघिनै नदी आसपासका तटीय क्षेत्रमा बासिन्दालाई पानी घटबढ हुनेहुँदा मानवीय गतिविधिमा रोक लगाएका थिए ।

सर्वसाधरणले आफ्नो ज्यानै बाजी लगाएर यस्ता कार्य गर्नु नहुने हो । तर ठुलै बिपद् हुनबाट जोगिएको छ । उनलाई खोलाले थुनिएपछि एकछिन स्थानीयहरुको निकै ठुलो खैलाबैला मच्चिएको थियो । त्यसपछि स्थानीयले आयोजनाको सुरक्षा निकायमा खवर गरेका थिए । स्थानीयले नदीमा मानिस थुनिएको खबर तामाकोसी आयोजना र सुरक्षा निकायमा पुर्याएपछि बिद्युत गृह बन्द गरेका थिए । त्यसपछि पानीको बहाव घटाएर नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा खोलामा थुनिएका तामाङलाई सकुशल उद्धार गरिएको आयोजनाले जानकारी दिएका छन् । आयोजनाका अनुसार नदी आसपासको तटीय क्षेत्रमा कुनै मानवीय गतिविधि नगर्न यसअघि नै सार्वजनिक सुचना जारी गरी सुचित गराएको जनाएको छ ।

त्यसैगरी, सर्वसाधरणको बेवास्ता र लापरवाहीले गर्दा कुनै दिन मानवीय क्षति नपुग्ला भन्न सकिदैन् । आयोजना र सुरक्षा निकायले आगामी दिनहरुमा नदीका तटीय आसपास क्षेत्रमा त्यस्ता किसिमका कुनै गतिविधि नगर्न र नगराउन सार्वजनिक सुचना जारी गरी अनुरोध गरेको छ । खोलामा थुनिएका ५३ वर्षीय लालमान तामाङ विगु १, जगतका स्थायी बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार