गौरीशंकरमा टासी छोलिङ गुम्बाको शताब्दी दिवस मनाउने तयारी

  किशोर कुमार गुरुङ  1467 पटक हेरिएको

दोलखा । गौरीशंकर हिमालको काखमा रहेका धार्मिक संस्था ने टासी ञिङ्मा छोलिङ गुम्बाको शताब्दी दिवस मनाउन भव्य तयारी गरेको छ । गौरीशंकर गाउँपालिका ९, टासीनाममा अवस्थित पुरातात्विक एवं ऐतिहासिक ने टासी ञिङ्मा छोलिङ गुम्बा १०० वर्ष पुगेको अवसरमा शताब्दी दिवस मनाउन लागेको हो ।

गुम्बा वि. स. १९८० सालमा स्थापना भैइ १०० वर्ष पुगेको अवसरमा ब्यवस्थापन समिति, धर्म गुरुहरु र स्थानीयहरुको सहकार्यमा तीन दिनसम्म बज्रगुरु जप पुजा कार्यक्रम आयोजना गरी शताब्दी दिवस मनाउन लागेको हो । आगामी फागुन ५, ६ र ७ गते टासीनामस्थित गुम्बाका प्रमुख संरक्षक एवं औतरी लामा टुल्कु ङावाङ लप्सुमद्धारा बौद्ध धर्मानुसार बिशेष पुजा, कोन्छ्योक चिदुई वाङ, छे वाङ, प्रवचन तथा ध्यान तपस्या गरी शताब्दी दिवस मनाउने गुम्बा व्यवस्थापन समितिको अध्यक्ष दमे शेर्पाले जानकारी दिनुभयो । पुजामा १५० जना भन्दाबढि धर्मगुरुहरु लामा, ठावा र आनीहरुको सहभागी हुनेछ । अध्यक्ष शेर्पाका अनुसार जिल्लाकै दोस्रो ठुलो बौद्धिक, धार्मिक र शान्ति पुजा भएको हुदाँ ४५ देखि ५० लाखसम्म खर्च लाग्ने बताए । यो पुजा पहिलो पटक सन् २०१३ मा जिरीमा भएको थियो । यो उत्तरी भेगमा पहिलो र जिल्लामा दोस्रो ठुलो पुजा हो ।

गुम्बाको शताब्दी दिवसमा आयोजित पुजाका लागि १५० जना भन्दाबढि लामाहरुको उपस्थित हुने र तीन दिनसम्म निरन्तर पुजापाठ गरिनेछ । आयोजकले आर्थिक स्रोत संकलन तथा पुजा व्यावस्थापन लगायतको तयारी उपसमिति नै गठन गरी तिव्ररुपमा अगाडी बढाएको छ । पुजामा गौरीशंकर गाउँपालिकाको १८ र विगुका २१ गरी ३९ वटा गुम्बाका प्रमुख लामा, ठावा र आनीलाई औपचारिक निमन्त्रणा गरिएको व्यास्थापन समितिको सचिव फुर्वाठिले शेर्पाले जानकारी दिए । सचिव शेर्पाका अनुसार पुजामा १५० देखि २०० सम्म भक्तजन र ५० देखि १०० सम्म विशिष्ट पाहुना उपस्थिति हुने जानकारी दिए । पुजा सम्पन्न गर्नको लागि आर्थिक नै सवैभन्दा ठुलो चुनौति भएको हुदाँ सबै क्षेत्रमा सहयोगको अपिल गरेको बताए ।

त्यसैगरी, गुम्बाको शताब्दी दिवसको पुजासँगै साधारणसभासमेत हुनेछ । तीन दिनसम्म निरन्तर बज्रगुरु जप मार्फत धार्मिक पुजा सम्पन्न गरिसकेपछि चौथो दिन शताब्दी दिवसका औपचारिक कार्यक्रम र साधारणसभा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार