राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा उम्मेदवारको मनोनयनपत्र दर्ता (सूचीसहित)

  गौरीशंकर टाइम्स सम्बाददाता  100 पटक हेरिएको

काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यक्रम अनुसार सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशबाट विभिन्न राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गरिएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ ८, र अन्य समूहतर्फ २१, गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । मधेस प्रदेशमा महिला समूहका लागि २ र अन्य समूहका लागि ३ गरी जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

बागमती प्रदेशमा महिला समूहका लागि ४, दलित समूहका लागि ३, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि ४ र अन्य समूहका लागि ४ गरी जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला समूहका लागि ३, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ र अन्य समूहका लागि ३ गरी जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ र अन्य समूहका लागि ४ गरी जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । कर्णाली प्रदेशमा महिला समूहका लागि २, दलित समूहका लागि २ र अन्य समूहका लागि २ गरी जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

त्यसैगरी, सुदुरपश्चिम प्रदेशमा महिला समूहका लागि २, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ र अन्य समूहका लागि २ गरी जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

आयोगको स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार