बृहत दोलखा महोत्सव समापन, पाँच करोड बढीको आर्थिक कारोवार

  गौरीशंकर टाइम्स सम्बाददाता  136 पटक हेरिएको

दोलखा । उद्योग वाणिज्य संघ दोलखाले आयोजना गरेको ‘बृहत दोलखा महोत्सव–२०८०’ विधिवत रुपमा समापन भएको छ । सदरमुकाम चरिकोटस्थित भिमेश्वर रंगशालामा भएको महोत्सव आजवाट सकिएको हो ।

दोलखा उद्योग वाणिज्य संघले पुस १३ देखि २२ गतेसम्मकालागि आयोजना गरिएको महोत्सव २ दिन थप गरिएको थियो । आयोजकले आज एक कार्यक्रम आयोजना गरी महोत्सव समापन गरेको हो ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले महोत्सवमा दैनिक ४० लाखका दरले कारोवार भएको र एक लाख बढीले अवलोकन गरेको दावी गर्नुभयो । उहाँले आगामी वर्ष २०८१ सालको कार्तिक ३० देखि मंसिर १५ गतेसम्म पनि महोत्सव आयोजना गर्ने जानकारी दिनुभयो ।

महोत्सव समापन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, बैतेश्वर गाँउपालिकाका प्रमुख छवी लामा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

महोत्सवको अवसरमा आस्था राउत, रमेश प्रशाई, कल्पना दहाल, ज्योती मगर, राजनराज शिवाकोटी, अमृत खाती, हरिबहादुर राउत, कोपिला वाईवा, एलिना चौहान, शान्ति श्री परियार, प्रिती आले लगायतका राष्ट्रिय कलाकार र स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहेको थियोे ।

त्यसैगरी, आयोजकले महोत्सवका अवसरमा व्यामिन्टल प्रतियोगीता, गजल साँझ, स्टीट फुड फेस्टीबल लगायतका कार्यक्रम समेत सञ्चालन गरिएको आयोजकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार