तामाकोशी गाउँपालिकाको केन्द्र मतदान मार्फत टुंगियो, बहुमतले मानेडाँडा पारित

  गौरीशंकर टाइम्स सम्बाददाता  100 पटक हेरिएको

दोलखा । तामाकोशी गाउँपालिकाले स्थायी पालिका केन्द्र टुंगो लगाएको छ । आज बसेको गाउँसभाले स्थायी केन्द्र वडा नम्बर ३, स्थित मानेडाँडा तोक्ने निर्णय मतदानबाट टुंगो लगाएको हो ।

गाउँपालिकाको स्थायी केन्द्रका लागि आज मतदान भएको थियो । जम्मा ३८ जनाले मतदान गरेकोमा मानडाँडा केन्द्र राख्ने प्रस्तावको पक्षमा २९ र बिपक्षमा ५ मत मात्रै परेको थियोे । दुई मत बदर भएको छ भने दुई जना तटस्थ बसेका छन् । निर्णय पारित गर्न दुई तिहाइ अर्थात २६ मत आवश्यक थियो ।

गाउँपालिकाको स्थायी केन्द्रका लागि ५ वटा स्थान प्रस्ताव गरिएको थियो । तामाकोशी गाउँपालिकाको यो निर्णयसँगै दोलखाका ९ वटै स्थायी तहको केन्द्र टुंगो लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार