वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाउने भन्दै रकम ठगी गर्ने दोलखाकी युवती पक्राउ

  गौरीशंकर टाइम्स सम्बाददाता  240 पटक हेरिएको

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दोलखाको एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका वडा नम्बर ५ की ३० वर्षिया पूजा श्रेष्ठ रहेकी छन् ।

उनी हाल काठमाडौँ तार्केश्वर नगरपालिका वडा नम्बर ८ बस्दै आएकी थिईन् । उनले वैदेशिक रोजगारीका लागि कला पुनलाई पोल्याण्ड पठाईदिन्छु भनि प्रतिव्यक्ति आठ लाख पचास हजार रुपैयाँ लाग्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले पोल्याण्ड पुगेपछि प्रतिष्ठित होटलमा काम लगाईदिने र मासिक तलब एक लाख पचास हजार रुपैयाँ हुन्छ भन्ने प्रलोभन देखाएकी थिईन् । पुजाले पटक पटक गरी पुनबाट दुई लाख पन्ध्र हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिईन् ।

त्यसैगरी, प्रहरीले श्रेष्ठलाई काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार