दोलखामा सात सय वर्ष पुरानो पेमाछोलिङ गुम्बा पुनः निर्माणपछि उद्घाटन

  किशोर कुमार गुरुङ  282 पटक हेरिएको

दोलखा । चिनको स्वाशासित क्षेत्र तिब्वतसंग जोडिएको पेमाछोलिङ गुम्बा उद्घाटन भएको छ । विगु गाउँपालिका १, लामाबगरमा अबस्थित पेमाछोलिङ गुम्बाको धर्मगुरु एवं अवतारी लामा कुन्चे रिम्पोर्छेले मंगलबार उद्घाटन गर्नुभएको हो ।

दोलखाको उत्तरी नाका लामाबगरमा अबस्थित ७ सय ६२ बर्ष पुरानो पेमाछोलिङ गुम्बा २०७२ सालको विनासकारी भुकम्पले भत्काएको थियो । त्यसपछि सरकारी सहयोग पुरातत्त्व विभागबाट ३ करोड ५० लाख लागतमा बाहिरी संरचना पूनः निर्माण भएको थियो । गुम्बाको बाहिरी संरचना निर्माण भएतापनि आर्थिक अभावका कारण भित्री संरचाना निर्माण हुन नसक्दा गुम्बाको उद्घाटन हुन सकेको थिएन । स्थानीयका पहलमा २ करोड ८५ लाखको आर्थिक सहयोग संकलन गरि भित्री डेकोरेशन निर्माण सम्पन्न गरेका थिए ।

उद्घाटनका लागि देशको विभिन्न गुम्बाबाट आएको लामाहरुले धार्मिक महत्वका नृत्य, प्रवचन प्रस्तुत गरिएको थियो । स्थानीय दर्शनार्थीहरु अवतारी लामाको दर्शन गर्न र वाङ ग्रहन गर्नका लागि भिड लागेको थियो ।

त्यसैगरी, गुम्बाको पुजापाठ र प्रवचन पौष २६ गतेसम्म सञ्चालन हुने प्रमुख लामा तेजिङ शेर्पाले बताउनुुभयो । प्रमुख लामाले भुकम्पपछि पुनः निर्माण सम्पन्न भई गुम्बा सञ्चालनमा आउदा पुरातात्त्विक र ऐतिहासिक धार्मिक संरक्षणमा थप टेवा पुगेको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार