पूर्वकप्तान सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ५ लाख क्षतिपूर्तिको फैसला

  गौरीशंकर टाइम्स सम्बाददाता  118 पटक हेरिएको

काठमाडौं । बलात्कारको अभियोगमा दोषी ठहर भएका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष कैद र पिडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको हो ।

यसअघि गत पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार तोकिएको पेसीमा ८ वर्ष कैद सजायको फैसला गरेको हो ।

यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार