रास्वपा दोलखाको नेतृत्वमा दिनेश वस्नेत

  गौरीशंकर टाइम्स सम्वाददाता  137 पटक हेरिएको

दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको प्रथम जिल्ला भेलाले युवा व्यवसायी दिनेश वस्नेतलाई जिल्लाको नेतृत्व चयन गरेको छ । रास्वपाका शुक्रबार सदरमुकाम चरिकोटमा भएको भेलाले २७ सदस्यीय जिल्ला कार्यसमिति र ११ सदस्यीय जिल्ला सचिवालय गठन गरेको हो ।

रास्वपा दोलखाका सहसंयोजक जलहरि शिवाकोटीको सभापतित्वमा सम्पन्न प्रथम जिल्ला भेलाको उद्घाटन पार्टीको केन्द्रीय सदस्य एवं बागमति प्रदेशका सभापति अच्युतम लामिछानेले गर्नु भएको थियो ।

कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभापति अच्युतम लामिछाने, जिल्ला संयोजक दिनेश वस्नेत, पूर्व संयोजक पूर्ण बहादुर तमाङ, दोलखा निर्वाचन क्षेत्रिय समिति सभापति हरि चौलागाई, युवा नेता जगदिश खरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । रास्वपाले केन्द्रीय समितिको निर्माण अनुसार जिल्लामा संगठन गरेको भीमेश्वर नगर संयोजक श्याम कायष्थले बताउनु भयो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तारको अभियान देश व्यापी चलाएको छ । रास्वपाले पछिल्लो समय विकसित राजनीतिक घट्नाक्रमलाई मध्येनजर गरेर संगठन विस्तारको अभियानलाई तिव्र रुपमा बढाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार