पर्यटकीय नगरी जिरीमा प्याराग्लाइडिङको परिक्षण उडान सफल

  किशोर कुमार गुरुङ  168 पटक हेरिएको

दोलखा । जिरीमा पर्यटन प्रबर्द्धनका लागि प्याराग्लाइडिङ उडान परिक्षण सफल भएको छ । शनिवार पर्यटकीय नगरी जिरीमा पर्यटन प्रबर्द्धनका लागि प्याराग्लाइडिङ उडान परिक्षण सफल भएको हो ।

जिरीमा ‘स्वर्गीय हेमन्त प्रधान स्मृति’ बागमती प्रदेशस्तरीय पुरुष भलिवल प्रतियोगिता जारी रहेको बेला पर्यटन आकर्षक बनाउनका लागि प्याराग्लाइडिङ उडानको परिक्षण गरेको थियो । पर्यटकको मुख्य रोजाइ र आकर्षण मध्ये प्याराग्लाइडिङ पनि रहेकाले जिरीलाई थप प्रचारप्रसारका लागि प्याराग्लाईडिङ उडान गरिएको स्थानीय सोलो पाइलट लाल बहादुर जिरेलले बताए । स्थानीय पाइलट जिरेल, मुगुका हरि कृष्ण रावल र नुवाकोटका सुबास गुरुङले जिरी नगरपालिका-४ स्थित पटासे डाँडाबाट बिहान १०:३० बजे उडान गरि सफलतापुर्वक जिरी एर्पोर्टमा प्याराग्लाइडि अवतरण गरिएको थियो ।

सोलो पाइलटका अनुसार जिरीमा प्याराग्लाइडिङ उडानका लागि भौगोलिक वातावरण सोचेभन्दा राम्रो रहेको र प्याराग्लाइडिङको प्रचुर सम्भावना रहेको बताए । उनीहरुले स्थानीय सरकार र सम्बन्धित निकायले चासोको बिषय बनाउन सके जिरीमा पर्यटन प्रबर्द्धनका लागि व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडानले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

त्यसैगरी, जिरी उपत्यकालाई नेपालको स्विजरल्याण्ड पनि भनिन्छ । राजधानी काठमाडौंबाट नजिकको दुरीमा रहेको पर्यटकीय क्षेत्र जिरी सबैको रोजाईमा पर्दछ । जिरीबाट सगरमाथा तर्फ प्रवेश मार्ग पनि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार