जिरीमा सम्पन्न हेमन्त प्रधान स्मृति भलिबल कपको उपाधि चितवनलाई

  गौरीशंकर टाइम्स सम्वाददाता  190 पटक हेरिएको

दोलखा । २२ औँ स्व. हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधी चितवनले हात पारेको छ । आइतबार जिरीमा सम्पन्न बागमती प्रदेशस्तरीय भलिबल कपको उपाधी रामेछापलाई हराउँदै चितवनले हात पारेको हो ।

पुस २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि विजेता चितवनले नगद दुई लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कपको उपविजेता रामेछापले एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र र तेस्रो भएको सिन्धुलीले ५० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । खेलमा दोलखाले सान्त्वनास्वरुप ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

कपमा वेस्ट प्लेयरको चितवनका नवीन महतो, वेस्ट स्पाइकर रामेछापका रोशन मगर,वेस्ट सर्भर सिन्धुलीका सरोज हायु, वेस्ट सर्टर चितवनका मन्जिल गुरुङ, वेस्ट ब्लकर चितवनकै मनिष राई र वेस्ट डिफेन्डर रामेछापका माइकल आलेले ट्रफी प्राप्त गरेका छन् ।

तत्कालीन माओवादी द्वन्द्वका क्रममा हत्या गरिएका तत्कालीन नेपाल तरुण दलका नेता हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस प्रदेश सभा (क)ले आयोजना गरेको कार्यक्रममा प्रदेश सभापति शुक्रराज तामाङले उपाधी विजेताहरुलाई मेडल, ट्रफी र नगदसहित सम्मान गर्नु भएको थियो ।

त्यसैगरी, प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका १२ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार