काठमाडौंमा मेलम्चीको पानी आजदेखि पुन: वितरण

  गौरीशंकर टाइम्स सम्वाददाता  105 पटक हेरिएको

काठमाडौं । काठमाडौंवासीका घरमा आजदेखि पुनस् मेलम्चीको पानी वितरण गरिएको छ । मेलम्चीको पानी चौथोपटक यहाँका उपभोक्तालाई वितरण गरिएको हो ।

मेलम्चीको पानी पुनर्वितरण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरमा धारा खोलेर उद्घाटन गरेका हुन् । तर, उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।

वि.सं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि उपत्यकावासीका धारामा पानी पुनः पुर्‍याउन थालिएको हो । बाढीले मेलम्चीको मुहान र पहुँच मार्गमा क्षति पुर्याएपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आज चौथोपटक मेलम्चीको पानी वितरणको उदघाटन गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार