दोलखाको लप्चीमा सुख्खा पहिरो जाँदा एकको मृत्यु, दुई घाईते

  गौरीशंकर टाइम्स सम्बाददाता  322 पटक हेरिएको

दोलखा । बिगु गाँउपालिका वडा नम्बर–१, लामाबगरबाट लप्ची जोड्ने नयाँ सडक ट्रयाक खन्ने क्रममा आईतवार दिउँसो सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । लामाबगरको माथिल्लो भाग देउरालीमा लप्ची जोड्ने सडक खन्ने क्रममा भिर माथिबाट खसेको सुख्खा पहिरोले पुरिदा एक जना कामदारको मृत्यु भएको हो ।

सोही पहिरोमा परेर अर्का दुइजना मजदुर घाइते भएका छन् । नासा हाईड्रोपावरले खनेको नयाँ ट्रयाकको देउरालीमा आईतवार दिउँसो ३ः२० बजे एक्कासी सुख्खा पहिरो खस्दा हाईड्रोपावरका कामदार स्थानीय २२ बर्षको कुसङ तमाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले बताउनु भयो । सुख्खा पहिरो खसेको उक्त स्थान लामाबगरबाट १० किलोमिटर उत्तरमा रहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरीएर २८ बर्षिय दिलकुमार तमाङ र ५८ बर्षिय रसमान तमाङ घाईते भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो ।

सडकको नयाँ ट्रयाक खन्ने क्रमममा भिर माथिबाट सुख्खा पहिरो खसेर हाईड्रोपावरका कामदार पुरीएको हो । उक्त दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लामाबगरबाट जनपथ प्रहरीका प्रहरी सहायक निरीक्षक कैलाश कार्कीको कमाण्डमा चार जना, शसस्त्र प्रहरी निरीक्षक जयन्त केसीको नेतृत्वमा पाँच जना र नेपाली सेनाको जमदारको नेतृत्वमा पाँच जनाको टोली उद्धारका लागि घट्नास्थल पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार