टुँडिखेलमा माघी मनाउने भीड अनियन्त्रित हुदाँ १६ जना घाइते

  गौरीशंकर टाइम्स सम्वाददाता  188 पटक हेरिएको

काठमाडौं । टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या १६ जना घाइते भएको छ । सोमबार मगर समुदायको माघेसंक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा पुगेकाहरु बीच भिडमा च्यापिएर १६ जना घाइते भएको हो ।

घाइते हुनेमा ललितपुरकी तिर्सना मगर, सिन्धुपाल्चोककी अन्जना तामाङ, धादिङकी रेजिना घले, धनकुटाकी निकिता मगर, बर्दियाकी रेखा चौधरी, प्युठानकी अनिसा केसी, कैलालीकी कल्पना चौधरी र सुनसरीकी मन्दिरा बस्नेत रहेकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

यस्तै, ललितपुरकी मिना थापा, कैलालीकी रिजा रेस्मी मगर, पाल्पाकी निशा राना, संखुवासभाकी निर्मला श्रेष्ठ, ललितपुरकी रश्मी नेपाल, दोलखाकी युनिका बराल र उदयपुरकी करिश्मा मगर पनि घाइते भएकी छिन् । घाइतेमध्ये एक जना त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवान पृथ्वी बुढा मगर समेत छन् ।

घाइतेहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी ढुंगेलले जानकारी दिए । अत्‍यधिक भीड हुँदा अनियन्त्रित भएर केही व्यक्तिहरू च्यापिन पुगेका थिए । त्यही क्रममा मानिसहरू घाइते भएका हुन् ।

त्यस कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टुडिँखेल पुगेका थिए । आज थारु समुदायका पर्व माघी र मगर समुदायका पर्व माघेसंक्रान्तीका अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार