कालिन्चोकमा भारी हिमपात, स्थानीय व्यावसायी खुशी

  गौरीशंकर टाइम्स सम्बाददाता  168 पटक हेरिएको

दोलखा । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा हिमपात पर्न सुरु भएको छ । मङ्गलबार दिउसोदेखि कालिन्चोक लगाएत जिल्लाका उच्च भेगमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो ।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा हिमपात सुरु भएको स्थानीय व्यवसायीहरुले जानकारी दिए ।‌ गत वर्षको तुलनामा यो वर्ष माघको पहिलो साता अर्थात् आज हिमपात भएको छ ।

कालिन्चोकमा दिउसो देखि हिमपात सुरु भए सँगै मन्दिरमा दर्शन गर्न आएका कतिपय भक्तजनहरू हर्षित भएका छन् भने वृद्धहरुलाई चिसोले प्रभावीत बनाएको छ । यो हिमापात केहि दिन बस्न सक्ने र अझै हिमपात हुनसक्ने होटल व्यवसायीहरुले आकलन गरेका छन् ।

हिमपात भएपछि यो बर्ष जिल्लाका पर्यटकीय स्थल खरिढुंगा, डाङडुङ्गे, कालिन्चोक, शैलुङ, जिरी, चेर्दुङ, गौरीशंकर हिमाल, रोल्वालिङ उपत्यका लगाएतका स्थानहरू आकर्षण बनेको छ । यस क्षेत्रका हिउँमा रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गर्दछ ।

जिल्लाको उच्च भेगमा हिमपात भएसँगै सदरमुकाम चरिकोट लगाएतका स्थानहरूमा चिसो बढेको छ । केहि दिन अघि जिल्लामा समयमै वर्षा र हिमपात नभएपछि कृषक तथा होटल व्यवसायीहरु मारमा परेका थिए ।‌

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार