राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू

  गौरीशंकर टाइम्स सम्वाददाता  33 पटक हेरिएको

काठमाडौँ । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता आजदेखि लागू भएको छ । माघ २ देखि ११ गतेसम्म राष्ट्रिय सभा निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको हो ।

सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क,१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गरिएको गत आइतबार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्षरविपक्षमा हुने गरी प्रयोग गर्नरगराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्नरगराउन नहुने आयोगले जनाएको छ ।

यस्तै, कुनै सरकारी वा अर्धसरकारी निकायरसार्वजनिक संस्था वा विश्वविद्यालयरविद्यालयरमहाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न–गराउन पाइने छैन । राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्नरगराउन नहुने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार