लप्चि घटनाको अपडेटः मजदुरको मृत्यु भएपछि आयोजना स्थलमा विरोध प्रदर्शन, विहीवार वार्ता हुने

लप्चि जलबिधुत आयोजनाको गलत सूचना

  गौरीशंकर टाइम्स सम्वाददाता  206 पटक हेरिएको

दोलखा । लामाबगरदेखि लप्चि जोड्ने सडक निर्माणको क्रममा मजदुरको ज्यानै जाने गरी भएको घटना पहिरोमा पुरिएर नभई बिष्फोट गराउँदा भएको पुष्टि भएको छ । लप्चिको भिर हुरहुरेमा सोमवार दिउँसो भएको घटनाको भिडियो र तस्वीर सार्वजनिक भएपछि सो घटना बिष्फोट गराउँदा घटेको पुष्टि भएको हो ।

नासा हाइड्रोले निर्माण गरिरहेको लप्चि जलबिद्युत आयोजनाको प्रवेश मार्ग निर्माणका क्रममा बिष्फोट गराउदा एक मजदुरको घटनास्थलमै मृत्यु भएको थियो । सोहि दुर्घनामा परी दुई जना गम्भीर घाइते भएका थिए ।

सोमबार दिउँसो केहि बिष्फोट गराएपछि कुनै यकिन नगरी पुनः प्वाल खोप्ने क्रममा एक्कासी बिष्फोट भएर बिगु गाउँपालिका–१, ठाडी देउलाङ्ग घर भएका १९ वर्षीय कामदार कुसाङ तामाङको घटनास्थलमै मृत्यु भएको थियो । सोही दुर्घट्नामा परी रसमान तामाङ र दिलकुमार तामाङ गम्भीर घाइते भएका छन् । आयोजनाका लापरबाहीले गर्दा कुनै सुरक्षाको सामाग्री प्रयोग नगरी जोखिमपूर्ण काममा लगाएका कारण मजदुरको ज्यान गएको स्थानीयले बताएका छन् ।

घटनास्थलवाट कठिन जँगलको बाटो हुँदै लामाबगर आएका अन्य मजदुरले घटनाका विवरण बताए पछि सो घटना सुख्खा पहिरोका कारण नभई बिष्फोटक पदार्थ बिष्फोटमा परी दुर्घटना भएको खुलेको थियो । उक्त घटनास्थलको भिडियो र फोटो सार्वजनिक भएपछि यथार्थ बाहिर आएको हो । जलबिद्युत आयोजना निर्माण कम्पनी नासा हाइड्रोले देउरालीस्थित सुख्खा पहिरोमा परी दुर्घटना भएको माथिल्लो निकायमा रिर्पोट पेश गरेका थिए । यसबाट कम्पनीले घटनाको ढाकछोप गर्न खोजेको पुष्टि भएको छ ।

घटनाको यथार्थ विवरण सार्वजनिक भएपछि मृतक र घाइतेका परिवार तथा आफन्तजन आन्दोलित भएका छन् । उनीहरुले विगु–१, लामाबगरस्थित लप्चि जलबिद्युत आयोजना र सडक निर्माण कम्पनीको क्याम्प घेराउ गरी बिरोध प्रदर्शन गरेका छन् ।

पिडित पक्षले मृतकको शव लामाबगरमै राख्नु पर्ने, घट्नास्थलको मुचुल्का उपलब्ध गराउनुपर्ने, घट्नास्थल लामाबगरमै वार्ता गर्नुपर्ने, ब्लास्टर गर्ने व्यक्तिलाई कार्वाहि गर्नुपर्ने उचित क्षेतिपूर्ति, घाइतेलाई उपचार लगायतको माग राखेर आन्दोलन गरेका छन् । बुधबार दिउँसो स्थानीयको रहोवरमा बसेको बैठकले विहीबार बार्ता गर्ने कम्पनीका प्रतिनीधिले जनाएको छ ।

त्यसैगरी, आयोजना प्रवद्र्धन कम्पनी एमभि दुर्गडले सुरक्षाको कारण देखाउदै आयोजना स्थलमा वार्ता गर्न नसकिने वताएको छ । उनीहरुले उत्तरी प्रशासन केन्द्र सिंगटीमा वार्ता स्थल तोक्नुपर्ने अडान राखेको कम्पनीका प्रतिनीधिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार